जाँदाजाँदै खेलकुद मन्त्री भन्छन्- मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ


काठमाडौं- युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेको गुनाषो गरेका छन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेको गुनाषो गरेका हुन् ।

उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत आग्रह पूर्वाग्रह थिएन् । एकदमै ओपन माइनडेड भएर आएको हुँ । मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिए ।’

उनले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याएजति काम गरेको जिकिर गरे । उनले भने, ‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौं । खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ ।’

साथै, उनले खेलकुदमा भएका उपलब्धी सामूहिक भएको बताए । उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताए ।

प्रतिक्रिया