प्रचण्डलाई नैतिकताको प्रश्न गर्नेले आफ्नै विगत हेरौं : सांसद छिरिङ


काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकताको प्रश्न गर्नेहरूलाई आफ्नो विगत हेर्न आग्रह गरेकी छन् ।

प्रतिनिधी सभामा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

तामाङले प्रचण्ड नेतृत्वको सरकारले असंवैधानिक कदम केही पनि नचालिनेमा स्पष्ट हुन आग्रह गरिन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ साल पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको घटना समेत स्मरण गरिन् ।

आफ्नो पार्टीले असंवैधानिक रूपमा कुर्सीमा टाँसिने गल्ती नगर्ने तामाङको भनाई थियो ।

प्रतिक्रिया