एमाले सचिवालय बैठक स्थगित


काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।

‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान  ११.०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया