नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने
काठमाडौं- आज नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले ७ घण्टाको लागि रिचार्ज सेवा अवरुद्द हुने भएको छ ।
टेलिकमका अनुसार राति ११ बजेदेखि भाेलि बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने भनेको छ । सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।