रुकुम पूर्वमा एकै घरका ४ जना पहिरो परे, एकको मृत्यु, तीन घाइते


रुकुम पूर्व – रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सिस्ने गाउँपालिका– २ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी नाै वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको छ ।

प्रतिक्रिया