आसाममा बाढीको कहर : २३ लाख मानिस प्रभावित


काठमाडौं – भारतको आसाम राज्यमा बाढीका कारण २९ जिल्लाका २३ लाख मानिस प्रभावित भएका छन् । दराङ जिल्लाका ९८ गाउँ डुबानमा परेको आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले जानकारी दिए ।

‘पछिल्लो समय दराङको स्थिति सुधार हुँदै गएको छ । ब्रह्मपुत्र नदीको पानीको सतह घट्दै गएको छ,’ उनले आइतबार दराङका बाढी प्रभावित क्षेत्रको भ्रमण गरेपछि भने, ‘यस पटक असममा चार वटा तटबन्ध भत्किएका छन् । नदी किनारमा धेरै विनाश भएको छ । हामीले अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गरिरहेका छौँ । हामी जनतालाई मद्दत गरिरहेका छौँ ।’

सरकारले यसै वर्ष प्रदेशमा दुई सय २० किलोमिटर नयाँ तटबन्ध निर्माण गर्न लागेको पनि मन्त्री हजारिकाले जानकारी दिए । भारतीय जनता पार्टी (भाजपा)का सांसद दिलीप सैकियाले केन्द्र र राज्य सरकारहरूले बाढीपीडितहरूका लागि सबै सम्भावित कदम चालिरहेको बताए । मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासीले सास्ती खेप्नुपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया