विजोग कञ्चनपुर : १८ सय जना पूर्णरुपमा विस्थापित, गाउँ-गाउँमा बाढी पस्यो

तत्काल राहतका लागि वडासँग समन्वय गर्दैछौं : एसपी जोशी


कञ्चनपुर– निरन्तर वर्षाका कारण कञचनपुरको जनजीवन प्रभावित भएको छ ।

साना तथा ठुला खोलाको बाढी दर्जनौं गाउँवस्तीमा पसेको छ ।

चौधर नदी,जोगबुढा नदी,गोवरैया नाला लगायत दर्जनौं साना ठुला खोला वस्ती पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार हालसम्म ५११ परिवारका १७ सय ३८ जना पूर्णरुपमा विस्थापित भएका छन् ।

उनीहरुका लागि तत्काल राहतको प्रबन्धको लागि वडा कार्यालयहरुसँग आवश्यक समन्वय भइरहेको छ ।

विस्थापितहरुलाई विभिन्न स्थानमा राखिएको छ ।

उनका अनुसार सदरमुकाम महेन्द्रनगर जलमग्न छ ।

भीमदत्तनगरपालिका,दोधारा चाँदनी नगरपालिका, बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् ।

प्रतिक्रिया