अती भारी वर्षाले कञ्चनपुरका घर-घरमा बाढी, सबै नदी जलसतहभन्दा माथि


काठमाडौं – कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ ।

यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ । त्यसैले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न/जान विभागको आग्रह छ ।

यसैबीच, माहाकाली नदीमा बाढीको उच्च जोखिम रहेको छ । राति १२ बजे महाकाली नदी डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह (७.७ मि) खतरा तहभन्दा माथि पुगेको थियो ।

“जल सतह थप बढ्ने क्रममा रहेको छ । कञ्चनपुर र डडेलधुराको नदी तटीय क्षेत्रमा रहनेहरू बिहान ७ बजेसम्म अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न/जानुहुन अनुरोध छ,” विभागले भनेको छ ।

कञ्चनपुर बजारका घरहरूमा बाढी पसेको छ ।

प्रतिक्रिया