‘रअ’का नेपाल प्रमुख फेरिए, भट्नागरको स्थानमा अंशुल शर्मा


काठमाडौं- भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् ।  ‘रअ’ का नेपाल प्रमुख राघव पी. भट्नागरको कार्यकाल सकिएको छ ।

रिक्त स्थानमा अँशुल शर्मा नियुक्त भएका छन् । उनी कमान्ड सम्हाल्न काठमाडौं आइसकेको बताइएको छ ।

यसअघि भारतमा ‘रअ’ नेपाल डेस्क हेर्ने अंशुल शर्मा अमेरिकास्थित भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया