रोल्पाको घर्तिगाउँमा जीप दुर्घटना, ११ जना गम्भीर घाइते


काठमाडौँ – रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँमा दुर्घटना हुँदा ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।

अन्य केही घाइते यात्रुको उद्दार भइरहेको र गाडीको अवस्था क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।

स्थानीयका अनुसार भने केही यात्रु हताहत भएका छन् । जीप सडकबाट करिब ४०० मिटर तल खसेकाे थियाे ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया