सरकारमा जान कांग्रेस हतारिनु हुँदैन : प्रवक्ता शर्मा


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको परिवेशमा कांग्रेस सरकारमा जाने अवस्था नभएको बताएका छन् ।

प्रवक्ता शर्माले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेसले निर्णय गर्न हतार गर्न नहुने बताए ।

सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको समेत बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको भन्दै अब कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको तर दलका सांसद विभाजित हुने अवस्था आँकलन गरेर नेतृत्व लिन अग्रसर नभएको उनको भनाइ छ ।

प्रतिक्रिया