

अफगानिस्तान संकटमा, ५ ओभरमै गुमायो ५ विकेट

काठमाडौं – अफगानिस्तानले आईसीसी टी(२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको छ ।
ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
अफगानिस्तानले अहिले ५ ओभरको खेल सकिँदा ५ विकेट गुमाइसकेको छ । दक्षिण अफ्रिकाका लागि माक्रो जानसेनले ३ विकेट लिइसकेका छन् भने कासिगो राबाडाले २ विकेट लिएका छन् ।
अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेका छैनन् ।

