भ्रष्टाचार मुद्दामा डामिएका मुख्यसचिव अर्यालकै लागि नयाँ पद सिर्जना


काठमाडौं- सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्यालले अदालतबाट सफाइ पाएमा पुन पदमा फर्किन सक्नेगरि हाललाई जगेडामा राखिएको बताइन् । ‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ । अर्कोतिर पद रिक्त भएको छैन’ उनले भनिन्, ‘त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो । उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सकिएपछि विशेष पद स्वतः हट्छ ।’

 

 

प्रतिक्रिया