लागुऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहाले २० दिन जेल बस्नुपर्ने


कञ्चनपुर- लागुऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहा सार्की पक्राउ परेकी छिन् ।

कञ्चनपुर जिल्ला अदालतको मिति २०८० चैत्र १३ गतेको फैसलाले लागुऔषध मुद्दामा २० दिन कैद भुक्तान गर्न बाँकी भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सार्कीलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

सार्कीलाई अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया