भक्तपुरको नलिनचोकमा निर्माण भएको हेलिपोर्ट सञ्चालनमा


काठमाडाैं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र जहाजको चाप घटाउने उद्देश्यले नागरिक उड्ययन प्राधिकरणले भक्तपुरको नलिन चोकमा निर्माण गरेको  हेलिपोर्ट सञ्चालनमा आएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले नलिञ्चोक हेलिपोर्टको उद्घाटन गरेका हुन् । उक्त हेलिपोर्टमा १३ वटा पार्किङ स्ट्यान्ड र ४ टेक अफ/ल्यान्डिङ प्याडह रहेका छन् ।

३३ रोपनी क्षेत्रफलमा बनेकाे  हेलिपोर्ट निर्माणका लागि १५ करोड रुपैयाँ लागतमा प्राधिकरणले उमा एन्ड कम्पनीलाई ठेक्का दिएको थियो । हेलिपोर्ट सञ्चालनमा आएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र जहाजको चाप घट्ने विश्वास गरिएकाे छ ।

प्रतिक्रिया