८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरे : मन्त्री श्रेष्ठ


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छिन् ।

मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् ।

यस्तै उनले आफ्नो सय दिनको उपलब्धिमा उजुरीमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया