

रञ्जिता श्रेष्ठ पर्यटनमन्त्री बन्ने पक्का,सिके राउत पनि मन्त्री बन्ने सम्भावना

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बन्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल विदेशबाट फर्किएपछि मन्त्रीमण्डल फेरबदल हुनेछ ।
अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गर्ने टुङ्गीएको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गरेको छ ।
यसअघि श्रेष्ठलाई भुमिसुधार मन्त्रीको प्रस्ताव गरिएको थियो । तर उनले पयर्टनमै चाहना राखेपछि सहमती भएको हो ।
हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन् । उनको स्थानमा श्रेष्ठ मन्त्री बन्नेछिन् ।
तामाङलाई तत्काल विना विभागीय मन्त्री बनाएर प्रधानमन्त्रीको कार्यालय राख्ने सम्भावना छ ।
यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सरकारमा जाने सम्भावना देखिएको छ ।
यद्यपी उनको टुङ्गो भने लागिसकेको छैन् । राउतलाई प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको अफर गरेको बताइएको छ ।

