काठमाडौंबाट ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


काठमाडौं – ६ किलो सुनसहित काठमाडौंको कपनबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई पक्राउ गरेको हो ।

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको बताइएको छ । गएराति उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेका व्यक्ति भएको बताइएको छ ।

प्रतिक्रिया