काठमाडौं महानगरले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ ।

कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिए । कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए ।

त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ । मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।

प्रतिक्रिया