दोहोरी गीत प्रतिष्ठानलाई ज्योतिको प्रश्न– गुगलले अपलोड अनुमति दिएको सामग्रीलाई हटाउ भन्ने तिमी को ?


काठमाडाैं- लोकदोहोरी गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको कदमप्रति प्रश्न उठाएकी छिन् । अपाच्य शब्द र प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै गीतलाई युट्युब लगायतका प्लाटफर्मबाट हटाउन अनुरोध गरेको प्रतिष्ठानको उनले विरोध गरेकी हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मगरले स्वतन्त्र कलाकारलाई प्रतिष्ठान स्पष्टीकरण सोध्न नमिल्ने बताएकी छिन् । ‘गुगलले नितान्त सामाजिक समूहमा, मनोरन्जनात्मक समूहमा अपलोड र प्रसारण गर्ने अनुमती दिएको कसैको सामग्रीलाई हटाउने आदेश दिने तिमी को ? उनले प्रश्न गरेकी छिन् ।

युट्युबमाबाट आएको आम्दानीले घरखर्च चलाएका कलाकारको आम्दानी बन्द गराएर प्रतिष्ठानले उनीहरूको पेटमा लात हान्ने प्रयास गरेको ज्योतिको आरोप छ ।

 

प्रतिक्रिया