आईएलओ गभर्निङ बडीमा नेपाल निर्वाचित


काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा सर्वसम्मतिले निर्वाचित भएको छ ।

तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

उपसदस्यका रूपमा नेपाल २०२४ देखि २०२७ सम्मको कार्यकाल चलाउने छ । जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व हुन्छ ।

जेनेभामा जारी आईएलओको ११२औँ अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो । मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । मतदानमा १८७ मुलुकले सहभागिता जनाएको थियो । जसमध्ये नेपालले १८५ मत प्राप्त गरेको थियो ।

आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१ औ सत्रबाट नेपालले जिम्मेवारी पाउनेछ । उपसदस्यको हैसियतमा नेपालले श्रमस्तरलाई अगाडि बढाउन, मर्यादित कामको प्रवर्द्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्नै अवसर पाउनेछ ।

प्रतिक्रिया