२०२४ को ‘मिस्टर तामाङ’ बने अतित लामा


काठमाडौं – मिस्टर तामाङ-२०२४ को उपाधि काभ्रेको अतित लामाले जितेका छन । काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर तामाङ-२०२४ को प्रतियोगिताबाट लामा विजय भएको हो । उक्त अवसरमा विभिन्न विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो ।

पहिलोपटक सम्पन्न उक्त प्रतियोगिता मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता एवम् तामाङ चलचित्रकी नायिका रन्जित ब्लोन तामाङको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामामा १५ जना प्रतिस्पर्धाीहरुको कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धीहरु झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका थिए । त्यसै गरी नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेको थियो । दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङ रहेको थियो ।

दर्शकहरुको भोटिङसंगै निर्णायक मण्डलले दिएको मार्किङको आधारमा प्रतियोगिहरु मध्यबाट उत्कृष्ट छनौट गरि पहिलोमा अतित लामा, दोस्रोमा अनिल लामा र तृतीयमा विश्वराज स्वाङबालाई विजय घोषणा गरेका थिए । निर्णायकको रुपमा अमिर दोङ, चाँदनी मोक्तान, अरुणा श्रेष्ठ र केडी मोक्तान रहेका थिए ।

 

प्रतिक्रिया