


लेफ्टिनेन्ट जनरल द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने

नयाँ दिल्ली – लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख बन्ने भएका छन् । मंगलबार (हिजो) भारत सरकारले मनोज पाण्डेको स्थानमा द्विवेदी नियुक्त हुने बताएको हो ।
हाल उनी उप–प्रधानसेनापति पदमा कार्यरत छन् । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालन गरेको अनुभव छ ।
प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । उनको अवकाशसँगै द्विवेदीले सेना प्रमुखको कमाण्ड सम्हाल्नेछन् ।

