श्रीलंकालाई हराएको हेर्ने नेपाली क्रिकेटप्रेमीको सपनामा वर्षा बाधक, दक्षिण अफ्रिका सुपर-८ मा 


काठमाडौं – विश्वकपमा श्रीलंकालाई हराएको नेपाली क्रिकेटप्रेमीको सपना अधुरै रहेको छ । अमेरिकाको फ्लोरिडामा हुने भनिएको नेपाल र श्रीलंकाबीचको दोस्रो खेल वर्षाका कारण रद्ध भएपछि नेपाली क्रिकेटप्रेमीको सपना अधुरै बनेको हो ।

खेलस्थलमा अमेरिकाका विभिन्न स्थलबाट हजारौं नेपाली समर्थक क्रिकेट मैदान पुगेका थिए । तर, वर्षा बाधक भएपछि नेपालको खेल हेर्ने अवसरबाट भने बञ्चित भए ।
यससँगै नेपालले विश्वकपमा पहिलो अंक हात पारेको छ ।

त्यस्तै श्रीलंकाले पनि पहिलो अंक पाएसँगै विश्वकपको सुपर–८ को गणीतीय सम्भावनालाई कायम राखेको छ । ३ खेलमा २ मा हार र १ मा अंक बाँडेको श्रीलंका समूहको पाँचौं स्थानमा छ भने नेपालले २ खेलमा १ मा हार र १ मा अंक बाँडेपछि श्रीलंकाभन्दा अघि चौथो स्थानमा रहेको छ । नेपालले अब दक्षिण अफ्रिकासँग र बंगलादेशसँग खेल्न बाँकी रहेको छ ।

यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, बंगलादेश र श्रीलंका रहेका छन् ।

आईसीसी टी—२० विश्वकप अन्तर्गत अहिले बिहान सवा ५ बजेदेखि हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका छन् । यससँगै नेपालले विश्वकपमा पहिलो अंकसमेत प्राप्त गरेको छ । अबको खेल नेपालले बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ ।

यस खेल रद्ध भएसँगै दक्षिण अफ्रिका भने सुपर ८ मा पुगेको छ । यससँगै दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने पहिलो टिम बनेको छ ।

प्रतिक्रिया