कञ्चनपुरको नहरमा डुबेर जाजरकोटका बुढाथोकिको मृत्यु


काठमाडौं – कञ्चनपुरमा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाँजरकोट घर भइ हाल भीमदत्त नगरपालिका–५ स्थित किरियापुत्री भवनमा बस्दै आएका ४५ वर्षीय भुवन बुढाथोकि छन् । बुढाथोकिले नहरमा हाम फालेको प्रहरीले जनाएको छ ।
पानिबाट निकाली महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया