विश्वकप खेल्न वेस्टइन्डिज पुगे सन्दिप


काठमाडाैं – सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । उनी वेस्ट इन्डिज पुगि सकेको जनाइएको छ ।

उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार बिहान वेस्ट इन्डिज पुगेका हुन् ।

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ । वेस्ट इन्डिजमा हुने दुई खेलमा सन्दीपले नेपालबाट खेल्नेछन् ।
त्यसअघि नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ । आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया