मधेशका नवनियुक्त वनमन्त्री र राज्यमन्त्रीले लिए शपथ


जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मन्त्री र विनाविभागीय राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्री महोम्मद सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका छन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार जनमतबाट विनाविभागीय राज्यमन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ ।

प्रतिक्रिया