काठमाडौँ महानगरद्वारा विद्यालयले भाडामा दिएका सटर बन्द


काठमाडौँ – विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौँ महानगरपालिकाले बन्द गराउन थालेको छ ।

महानगर शिक्षा शाखाका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो ।

आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको बताइएको छ । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ

सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी भएको छ ।

महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने आर्थिक भारको विवरण माग्दा पनि बेवास्ता गरेपछि महानगर सटर बन्द गर्न बाध्य भएको महानगरको भनाई छ ।

महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ । महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर भाडामा लगाएको शाखाले जनाएको छ ।

प्रतिक्रिया