घुस रकमसहित नापी कार्यालयका सर्वेक्षक पक्राउ


काठमाडौँ – ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया