बजेटमा भनिएको र लेखिएको कुरामा मेल खाएन : आरजु राणा


काठमाडौँ – सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा भनिएको र बजेट भित्र लेखिएको कुरामा मेल नखाएको आरजु राणाले बताएकी छन् । संसदमा बजेटमाथिको छलफलमा बोल्दै उनले नयाँ बजेट कृषि क्षेत्रको २ अर्ब बजेट घटेको बताइन् ।

संसदमा बोल्दै उनले भनिनन्, ‘सरकारले कृषिको दशक भनेर घोषणा गरेको तर, यो लागू हुन सक्दैन । कृषिमा टेक्निकल जनशक्ति उत्पादनमा जोड दिनु पर्ने छ । दूध र उखु कृषकले भुक्तानी पाउन समस्या भएकोले समस्या समाधानको लागि राज्यले केही सहज निजी बनाउनु पर्ने अवस्था आएको छ । आलुमा भ्याट हटाउँदा स्वदेशी आलुले मूल्य नपाउने बताइन । १० लाख हेक्टर बाँझो जमिनमा के गर्ने भनेर बजेटले प्रष्ट बोलेको छैन । नेपाल भोकमरीको इन्डेक्समा एकदमै माथि छौँ । यो राम्रो होइन ।’

नाकामा पनि एकदमै धेरै चुहावट रहकाले यसलाई कसरी कम गर्ने भन्नेमा अध्ययन गर्न जरुरी राणाले बताइन् ।

प्रतिक्रिया