हमासले बन्धक बनाएका थप चारजनाको मृत्यु भएको पुष्टि


काठमाडौं– इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको छ ।

मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका पुरुष हुन् ।

आईडीएफले इसबारे उनीहरुको परिवारलाई जानकारी गराएको जनाइएको बीबीसीले उल्लेख गरेको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चारजनालाई पनि बन्धक बनाइएको थियो ।

 

प्रतिक्रिया