गुठीपीडितले गरे मालपोत र नापीमा तालाबन्दी, प्रहरीद्वारा हवाईफायर


दाङ — दाङको घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा स्वर्गद्वारी गुठीपीडित किसानहरूले तालाबन्दी गरेका छन् ।

सरकारले माग पूरा नगरेको भन्दै मोहीपीडित किसानहरूले तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्ने क्रममा प्रहरीसँग मुठभेड भएको थियो । प्रहरीले आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ ।

सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरेकाले तालाबन्दी गर्नु परेको गुडीपीडित संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् ।

प्रहरीले अहिले स्थिति साम्य पार्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया