हचुवाको भरमा सुनको कर बढाइयो : महासंघ


काठमाडौँ – सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले सरकारले अध्ययन र छलफल नै नगरी हचुवाको भरमा सुनको कर बढाएको बताएका छन् ।

सुनको कर ५ प्रतिशतले बढाउँदा सरकारले अध्ययन र पर्याप्त छलफल नै नगरी हचुवाको भरमा बढाएको अध्यक्ष शाक्यले आरोप लगाएका छन् । मंगलबार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ मार्फत सरकारले सुनको कर ५ प्रतिशतले बढाएको हो ।

जसअनुसार सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत कर अब २० प्रतिशत पुगेको छ । गत वर्ष पनि सरकारले आर्थिक विधेयक २०८० मार्फत सुन आयातमा लाग्ने १० प्रतिशत कर ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्‍याएको थियो ।

सुनको कर बढाउँदा चोरी पैठारी बढ्ने र व्यवसाय घट्ने उनको भनाई छ । आर्थिक विधेयक २०८१ एको अघिल्लो दिन बुधबारसम्म नेपाल सुनचाँदी महासंघलाई पनि सुनको कर बढेको बारे थाहै नभएको उनले बताए । जसका कारण पुरानै दरमा एक दिनसम्म महासंघले १५ प्रतिशत कर जोडेको जनाएको छ ।

 

प्रतिक्रिया