गर्मीका कारण भारतमा एकैदिन ७९ ले गुमाए ज्यान


एजेन्सी – भारतमा गर्मीका कारण ७९ जनाको ज्यान गएको छ ।

झारखन्डसहितका ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।

सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो ।

ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो । राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो ।

उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन ।

बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।

 

प्रतिक्रिया