सगरमाथाकाे ४ नम्बर क्याम्पकाे ‘लोकेशन’ चीनमा ! [भिडियो]


काठमाडाैं- नेपालमा रहेकाे विश्वकै सर्वोच्च शिखर सगरमाथास्थित ४ नम्बर क्याम्पकाे ‘लोकेशन’ चीनमा देखाउने गरेकाे बताइएकाे छ । १७ पटक सगरमाथा आरोहण गरेका पासाङ टेन्डी शेर्पाले हिजाे(बुधबार) ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकाे अवसरमा राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै यस्ताे खुलासा गरेका हुन् ।

उनले उक्त क्षेत्रमा मोबाइलमा देखाउने समय पनि आफैं परिवर्तन भएर चीनको समय देखाउने गरेको बताएका हुन् । ‘सरकार सामू म के पेश गर्न चाहान्छु भने, सगरमाथाको चार नम्बर क्याम्प नेपालमा पर्छ । तर, त्यहाँ जाने बित्तिकै आइफोन र घडीमा  समय अटोमेटिक परिवर्तन भएर चीनको समय दिन्छ’ उनले भने, ‘सगरमाथा नेपालमा चढेको हो कि चीनमा चढेको हो  ।’

उनले आफैं समय परिवर्तन हुने समस्याले आरोहणमा थप चुनौती हुने गरेको बताए ।

 

प्रतिक्रिया