वामदेवका केन्द्रीय सदस्य ढकाल जसपा प्रवेश


काठमाडौं – वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य नवीन ढकाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश छन् ।

ढकाललाई पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा तथा अबिर लगाएर स्वागत गरेका हुन् ।

उक्त अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, राजनीतिक समिति सदस्य अर्जुन थापा, राजनीतिक समिति सदस्य एवं पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत लगायतका नेता उपस्थित थिए ।

प्रतिक्रिया