सहकारी ठगीबारे आज संसदीय समिति बन्दै, कुन दलबाट कति–कति जना सदस्य ?


काठमाडौं — सहकारी ठगीबारे संसदीय छानबिन समिति आज बन्ने भएको छ । सोमबार साँझ सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भएसँगै आज समिति बन्ने भएको हो ।

सोमबार साँझ दलहरुको बैठकले ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।

आज बस्ने तय भएको बैठकले कार्यादेशलाई अन्तिम रुप दिएर समिति बनाउने बाटो खुला हुनेछ ।

समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी सोमबार नै भएको छ । जसमा एमाले र कांग्रेसबाट दुई÷दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने सहमति भएको छ । समितिको समयावधि ३ महिनाको हुने पनि सहमति भएको छ ।

प्रतिक्रिया