गणतन्त्र दिवसमा टेलिकमको अफरै अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा


काठमाडाैं- नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । भोलि जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि ‘रिपब्लिक डे’ अफर उपलब्ध गराउने भएको हो ।

अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

अफर आजदेखि प्रारम्भ हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया