बानियाटारमा लागेको आगलागीबाट दोलखाका बुढाथोकीको मृत्यु


काठमाडौं – राजधानीको टोखामा भएको आगलागीमा पनि एक युवकको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ स्थित बानियाँटारमा बस्दै आएका दोलखाको बाबरी गाउँपालिकाका २१ वर्षीय किरण बुढाथोकीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेमनारायण चालिसेको साढे ३ तले घरको दोस्रो तलामा भाडामा बस्दै आएका बुढाथोकीको पूर्वतिरको कोठामा अकस्मात आगलागी हुँदा प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारको लागि टिचिङ अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको जनाइएको छ । आगलागीबाट करिब १५ लाख भन्दा बढी क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया