नियमावली विपरीत प्रहरीका लागि किनियो ११ करोड बढीमा ६० हजार ट्रयाकसुट


काठमाडौं- प्रहरी नियमावली, २०७१ को नियम १६८ को अनुसूची १६ मा प्रहरी कर्मचारीले
पाउने व्यक्तिगत सामानको दरबन्दीको विवरण उल्लेख छ । प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीले पाउने व्यक्तिगत सामानको दरबन्दीको विवरणमा ट्रयाक सुट समावेश छैन ।

तर, नेपाल प्रहरीको कार्यालयले वोलपत्रको माध्यमबाट एक आपूर्तक संयुक्त उपक्रमसँग ६० हजार सेट ट्रयाकसुट खरिद गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । २०७९ पुस १५ गते ती ट्रयाकसुट खरिदका लागि सम्झौता भएकोमा ११ करोड २९ लाख ५४ हजार भुक्तानीसमेत गरेको पाइएको छ ।

महालेखाले नियमावलीको संशोधन नगरी खरिद गर्ने कार्य नियमसम्मत नभएको जनाएको छ । महालेखाले सम्बन्धित निकायबाट नियमावली संशोधन गराई खरिद गर्नुपर्ने सुझाव दिएको छ ।

 

प्रतिक्रिया