‘द पोएट आइडल’ का उपाधि सिक्किमका राईलाई


काठमाडाैं- सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’को उपाधि जित्दै १० लाख नगदसहित पुरस्कार हात पारेका छन् ।

शनिबार रातीको फिनाले एपिसोडमा राईलाई विजेता घोषणा गरिएको हो । पहिलो सिजनको उपाधि पनि सिक्किमकै निलम गुरुङले जितेकी थिइन् ।

नगद पुरस्कारबाहेक राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको उपहार प्राप्त गरेका आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया