सिरोहियालाई पक्राउ गरेर राम्रो काम गरेन : पूर्वराजदूत लम्साल


काठमाडौँ – पूर्वराजदूत युवनाथ लम्सालले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार पक्राउ गरेर राम्रो काम नगरेको बताएका छन् ।

‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक समेत रहेका लम्सालले भने, ‘हिजो ज्ञानेन्द्र राजाले गरेको जस्तो पुनरावृत्ति देखियो । यस्तो नगरेको भए हुन्थ्यो । सञ्चार गृहमै गएर पक्राउ गर्नु ठिक होइन ।’

उनले समस्याको समाधान गर्ने उपाय अन्य विकल्प हुँदा पनि सरकारले ठिक बाटो नअपनाएको प्रष्ट पारे । सिरोहिया अहिले धनुषास्थित प्रहरी हिरासतमा छन् ।

सिरोहियालाई कान्तिपुर दैनिकमा समाचार लेखेकै प्रतिरोधमा सत्ता गठबन्धनले मिलेर गृह प्रशासन प्रयोग गरी पक्राउ गरेको हो ।

प्रतिक्रिया