नवलपरासीमा दुर्लभ पाटे बाघ मृत भेटियो


नवलपरासी- नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला परेकाे छ ।

बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए ।

बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृत बाघको आज परीक्षण गरिने उनले जानकारी दिए ।

बर्दघाट सुस्तापूर्वमा गत फागुन यता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन् ।

प्रतिक्रिया