राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जाने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन्। चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण गत वर्ष कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुनेछ।

प्रतिक्रिया