

गोरखाकी फुञ्जो बनिन् सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला

गोरखा- गोरखाकी फुञ्जो झाङ्मु लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा उनले १४ घण्टा १५ मिनेटमा पार गरेकी हुन् ।
बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन् ।
यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन् ।
दोलखाका पेम्बादोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन् ।

