वन मन्त्री नवलकिशोरसँग छ १२ बोरको राइफल


काठमाडाैं- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक  विवरण अनुसार वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग १२ बोरको राइफल बन्दुक रहेकाे छ ।

यस्तै उनले श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको विवरणमा उल्लेख गरेका छन् । ती सुन विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ।

उनले छोरासँग  ३५ तोला सुन, तीन जना बुहारीहरूमध्ये माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन रहेकाे उल्लेख गरेका छन् ।  उनले विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद रहेकाे पनि जानकारी दिएका छन् ।

Skip to PDF content
Skip to PDF content

प्रतिक्रिया