पंखा जोड्ने क्रममा करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु


मोरङ- मोरङको बेलबारी नगरपालिका–९ बेराखुनीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ। ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

फार्मभित्र पंखा जोड्ने क्रममा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाका सम्बन्धमा  प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया