दुईजनाको ज्यान लिएको बाघ मर्‍यो


चितवन- मकवानपुरको मनहरीमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ ।

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षको बाघ सौराहास्थित खोरमा राखिएको थियो ।

बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा उपचार भइरहेको थियो ।

चालु आर्थिक वर्षमा चितवनमा सात बाघ मरेका छन् ।  सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ छन् ।

प्रतिक्रिया