दुई सातादेखि थुनामा छन् नेपाली सेनाका क्याप्टेन कोइराला


काठमाडौं- नेपाली सेनाको सैनिक प्रहरीले क्याप्टेन महेश कोइरालालाई हिरासतमा लिएको छ ।अनियमितता गरेको छानविनका लागि उनलाई दुई साताअघि  पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको प्रमाण भेटिएपछि सैनिक हिरासतमा पुगेका हुन् ।

नेपाली सेना अनुसन्धानको विस्तृत विवरण खुलाएकाे छैन ।

प्रतिक्रिया