आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिने कार्यक्रम रहेको छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ ।
साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताए ।
उनले भने, ‘सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीको अनियमितता छानबिनका सन्दर्भमा संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ । त्यसैले सदन नियमित हुन्छ ।’
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठन नगरी संसद् बस्न नदिने जनाएको छ । ११ बजेका लागि बोलाइएको संसद बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।